कास्की प्रशासन प्रवेशमा विचौलियालाई रोक

पाेखरा | असार २४, २०८०

कास्की प्रशासन प्रवेशमा विचौलियालाई रोक

पोखराः     जिल्ला प्रशासन कार्यालय कास्कीले नागरिकताको प्रमाणपत्र, राहदानी र राष्ट्रिय परिचय पत्र बनाउन विचौलियाले सेवाग्राहीबाट शुल्क लिएको गुनासो आएको भन्दै विचौलियालाई रोक लगाएको छ । 


जिल्ला प्रशासन कार्यालय कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालले प्रशासनमा सेवाग्राहीको चाप फाईदा उठाउँदै सेवाग्राहीबाट विभिन्न बाहनामा शुल्क लिएको भन्दै गुनासो आएकाले प्रशासनले सूचना प्रकाशित गरेको जानकारी दिए । 


‘प्रशासनमा केहीदिन यता नागरिकताको प्रमाणपत्र, राहदानी र राष्ट्रिय परिचय पत्र बनाउने सेवाग्राहीको चाप बढेको छ’, ढकालले भने, ‘प्रशासनान सेवाग्राहीको चापको फाईदा उठाउँदै विचौलियाले विभिन्न बाहानामा सेवाग्राहीबाट शुल्क लिएको गुनासो आएकाले विचौलियालाई प्रशासनमा रोक्न सूचना प्रकाशित गरेका हौं ।’


प्रशासनले कार्यालयमा सेवा लिन आउँदा सेवाग्राहीलाई गलत ढंगले काममा सहजीकरण गरिदिने भन्दै शुल्क मागमा प्रमुख जिल्ला अधिकारी तथा सहायक प्रमुख जिल्ला अधिकारीको सम्पर्क मोबाइल नम्बरमा खवर गर्न आग्रह समेत गरेको छ । 

काठमाडौं: सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक आज अपराह्न १ः०० बजे बस्दैछ । आजको बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले ‘आदिवासी जनजाति आयोगको छैटौँ वा...

थप पढ्नुहोस्

गण्डकी: म्याग्दीको रघुगङ्गा गाउँपालिका–६ मुलपानीस्थित एकतारे खोलाले बगाउँदा ३५ वर्षीय भीमबहादुर घर्ती बेपत्ता हुनुभएको छ ।   रघुगङ्गा–८ चौरखानीबाट किनेर ल्याएको भैँसीसहित खोला तर्ने क्रम...

थप पढ्नुहोस्

गण्डकी:   कालीगण्डकी करिडोरअन्तर्गत म्याग्दी सदरमुकाम बेनीबाट मुस्ताङको जोमसोम जोड्ने सडक पहिरोले अवरुद्ध भएको छ ।   रघुगङ्गा गाउँपालिका-२ बैसेरीमा आज दिउँसो सडकमाथि पहिरो खस्दा सवारी आवा...

थप पढ्नुहोस्